पाेखरा, असाेज ।तेक्वान्दो मास्टर अधिकारीलाई सम्मान गोठाटार डोजाङद्वारा युएईलाई कर्मभूमी बनाई तेक्वान्दोको विकास र विस्तारमा योगदान गर्दै आउनुभएका अन्तराष्ट्रिय तेक्वान्दो मास्टर जगन अधिकारीलाई नेपाल आएको अवसर पारेर गोठाटार तेक्वान्दो डोजाङले कदर पत्रले सम्मान गरेको छ ।

नेपाल तेक्वान्दो संघसंग आवद्ध रहि विदेशी भूमीमा नेपाली राष्ट्रिय निर्णायकको रुपमा कार्य गर्दै नेपाल र नेपालीको पहिचान उच्च पार्दै विदेशी खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्नुका साथै अमेरिकाको शिकागो सहरमा सम्पन्न अन्तराष्टिय तेक्वान्दो मास्टर सेमिनारमा उत्कृष्ट प्रदर्शन गर्दै ‘आउट स्ट्यान्डिङ्ग पर्फरमेन्स अवार्ड’ बाट सम्मानित हुनुभई बिदेशी भूमीमा रहेर पनि नेपाली खेलाडी तथा तेक्वान्दो खेल कर्मीका लागि प्रेरणाको श्रोत बन्नु भएकोमा सम्मान गरिएको सम्मान पत्रमा उल्लेख गरिएको छ ।
तेक्वान्दो मास्टर अधिकारीलाई गोठाटार तेक्वान्दो डोजाङका संस्थापक एवं अध्यक्ष प्रेम भण्डारी र डोजाङका सल्लाहकार एवं नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य हेमन्त डाङ्गीले एक कार्यक्रमविच अधिकारीलाई सम्मान पत्र प्रदान गरेका थिए ।