राष्ट्रिय युवा संघ नेपालद्वारा भोली काठ्माडौंमा मोटरसाइकल र्‍याली

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले देशभक्ति र राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यले भोली शनिबार राजधानीमा भव्य मोटरसाइकल र्‍याली आयोजना गर्ने भएको छ।

दिउँसो १ बजे तीनकुनेबाट सुरु हुने र्‍याली बानेश्वर, त्रिपुरेश्वर, दरबारमार्ग, कमलपोखरी, ज्ञानेश्वर, एयरपोर्ट हुँदै पुनः तीनकुनेमै सम्पन्न हुनेछ।

 

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले र्‍यालीले राष्ट्रिय एकता, खरानीबाट समृद्धिको यात्रा र युवाको अग्रणी भूमिकाबारे सशक्त सन्देश दिने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार, र्‍यालीमा राजधानीका विभिन्न क्षेत्रका देशभक्त युवाहरूको व्यापक सहभागिता रहनेछ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...