लायन्सको जोन कार्यशाला सम्पन्न

लायन्स अन्तराष्ट्रीय ,डिस्ट्रिक ३२५ एम नेपालको आयोजनामा काठमाडौंमा जोन कार्यशाला सम्पन्न भएको छ | कार्यशालाको उद्घाटन डिस्ट्रिक ३२५ एम नेपालको गभर्नर धनीराम बरालको अध्यक्षतामा एव पास्ट डिस्ट्रिक गभर्नर महेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो | कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै पौडेलले लायन्सका कार्यक्षेत्र मध्येको नेतृत्व विकासको लक्ष्य प्राप्तीका लागी यो कार्यशाला सहयोगी हुने बिस्वास ब्यक्त गर्दै लायन्सका सेवा कार्य देखाउनको लागी भन्दा वास्तविक सहयोगका कार्यमा जोड दिनुपर्ने बताएका थिए |

लायन्स अन्तराष्ट्रीय ,डिस्ट्रिक ३२५ एम नेपाल अन्तर्गत लायन वर्ष २०२५/२०२६ का लागी जोन चेयर पर्सनमा रही सेवा गरीरहेका कुल ३१ जना जोन चेयर पर्सनको सहभागीता रहेको कार्यक्रममा सहजीकरण मल्टिपल डिस्ट्रिक जीएलटी कोअर्डिनेटर उत्तम प्रसाद झा , मल्टिपल डिस्ट्रिक जीएमटी कोअर्डिनेटर मणि श्री रत्न बज्राचार्य , डिस्ट्रिक ३२५ एम नेपालका निवर्तमान गभर्नर चण्डी प्रसाद अर्याल ,क्याबिनेट सेक्रेटरी जगन्नाथ तिमिल्सिना लगाएतले गरेको डिस्ट्रिक जीएलटी कोअर्डिनेटर लक्ष्मण तिमिल्सिनाले जानकारी दिएका थिए |

 

कार्यशालामा जोन चेयरपर्सनको भूमिका र जिम्मेवारी , कार्यक्षेत्रमा आइपर्ने समस्या समाधानको सीपहरु ,लक्ष्य निर्धारण र योजना निर्माण लगाएतका विषयमा सहजीकरण गरीएको थियो | लायन्स क्लवको गभर्नर बन्नको लागी कम्तीमा एक कार्यकाल जोंन  रिजन चेयरपर्सन भइ कार्य गर्नु पर्ने र जोन चेयरपर्सन अन्तरास्ट्रीयले नै तोकेको पद भएकाले पनि लायन्समा जोन चेयर पर्सनको भूमिका महत्वपूर्ण मानिन्छ |

 

कार्यक्रममा डिस्ट्रीक फर्स्ट भाइस गभर्नर रत्न प्रसाद पराजुली ,डिस्ट्रीक सेकेन्ड भाइस गभर्नर किशोर बराल , पास्ट डिस्ट्रिक मल्टिपल चेयर पर्सन गिरिधारी शर्मा , क्याबिनेट सेक्रेटरी जगन्नाथ तिमिल्सिना, चिफ एडभाईजर बलराम सुबेदी ,सेक्रेटरीयट चिफ डा. बिष्णु गौतम ,जोन सल्लाहकार शिवराज आचार्य ,चिफ अफ पीआर ओ गीता शर्मा चापागाई , डिस्ट्रिक जीएमटी कोअर्डिनेटर लक्ष्मण तिमिल्सिना, जीइटी कोअर्डिनेटर देवेन्द्र सारु ,क्लस्टर चिफ दिपक आचार्य लगाएतको उपस्थिति रहेको थियो |

…………………….

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...