पोखरा २३ पिपलडालीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

पोखरा । लायन्स क्लब अफ पोखरा गार्डेन सिटीको आयोजनामा २३ जना विद्यार्थीलाई करिब ३० हजार रुपैयाँ बराबरको स्कुल ब्याग तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । कार्यक्रम पोखरा महानगरपालिका–२३, बराङस्थित श्री पिपलडाली आधारभूत विद्यालयमा सम्पन्न भएको हो ।

 

कार्यक्रममा जन्मगाउँ पोखरा–२३ सिधाने भई हाल जापानमा बसोबास गर्दै आएकी बबिता गुरुङको आर्थिक सहयोगमा विद्यार्थीहरूलाई विद्यालय सामाग्री प्रदान गरिएको क्लबले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट ३२५ का रिजन चेयरपर्सन विश्वमणि अधिकारीले यस्ता कार्यक्रमले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । विशेष अतिथि जोन चेयरपर्सन गोमा शर्मा र निलगगन विकास समाजका अध्यक्ष वैकुण्ठ पौडेलले पाठकले शिक्षा क्षेत्रमा गरिएको लगानीले समाजको दीर्घकालीन विकासमा टेवा पुर्‍याउने उल्लेख गर्नुभयो । कार्यक्रममा पिपलडाली आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर केसिले आफ्नो भनाइ राखेका थिए ।

 

लायन्स क्लब पोखरा गार्डेन सिटीका अध्यक्ष दिनेश गुरुङले सहयोगदाता तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य बिध्यालयका प्रअ कमल परालुलिले रहेका थिएभने कार्यक्रमको सञ्चालन सचिव लक्ष्मि गुरुङ

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...