पोखरा ।मिस तामाङ पोखराको उपाधी बिरौटाकी सुप्रिया गोले तामाङले जितेकी छिन् । शनिबार पोखरा इभेन्ट सेन्टरमा भएको प्रतिस्पर्धामा अन्य ७ जना प्रतियोगीलाई पछि पार्दै उनले मिस कन्फिडेन्ट सबटाइटल सहित मिस तामाङ पोखराको ताज पहिरिएकी हुन् । प्रमुख निर्णायक नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले तामाङ समुदाय संस्कार संस्कृति सम्बन्धि सोधेको प्रश्नमा अन्य उत्कृष्ट ५ प्रतिस्पर्धीभन्दा सर्वोत्कृष्ट उत्तरका साथ बाजी मारेकी हुन् ।

बैदाम तामाङ सेवा समाजको आयोजनामा भएको दशौं संस्करणको मिस तामाङ पोखरामा मिस व्युटी विथ परपोज सहित फस्र्ट रनरअप सोममाया तामाङ बनिन् । सोनी तामाङले मिस बेस्ट वक सहित सेकेण्ड रनरअप हुदा कविना घिसिङ तामाङ मिस पंक्चुवल सहित भ्युवर्स च्वाइस टाइटल जितिन् । माया लामाले मिस कल्चरसंगै पपुलर अवार्ड हात पारिन् । यसैगरि खुसी तामाङले मिस ट्यालेण्ट, रोज लामा मिस फोटोजेनिक, सलिना तामाङले मिस बेस्ट स्माइल बनिन् ।
प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित रु १ लाख नगद तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरेकीछिन् । फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गरिन् । त्यस्तै सेकेण्ड रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पारिन् । भ्युवर्स च्वाइस र मिस पपुलरका विजेताले नगद २० हजार पुरस्कार प्राप्त गरिन् ।
विजेता तथा उपविजेताहरुलाइ बिशेष अतिथी नेपाल तामाङ घेदुङ्गका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ,लभ मिस तामाङ पोखरा २०२४ का विजेता एवम कार्यक्रम संयोजक रोशिला ब्लोन तामाङ, नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, पुर्व मिस तामाङ नेपाल रिया लामा, नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका उपाध्यक्ष शिवु ब्लोन, मिस तामाङ पोखरा २०२५ का विजेता शिशा लामा, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।
सबटाइटल विजेताहरुलाई नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भक्त तामाङ, नेपाल तामाङ घेदुङ पोखरा महानगरका अध्यक्ष अन्जना तामाङ, कोरियोग्राफर जिता तामाङ, अफिसियल फोटोग्राफर गणेश तामाङ, कलाकार फुलकुमार बोम्जन, राम लामा लगायतले पुरस्कार वितरण गरेका थिए ।
यस अघि कार्यक्रमको उदघाटन गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले यस्ता प्रतियोगिताले सौन्दर्य मात्र होइन, पहिचान, आत्मविश्वास र संस्कृतिको संरक्षणलाई अघि बढाउने कुरामा जोड दिए । मिस तामाङ पोखरा जस्ता कार्यक्रमले तामाङ समुदायका युवतीलाई नेतृत्व, चेतना र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा दिने विश्वास लिएको उनले बताए ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ्गका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, कलाकार बुद्धी तामाङ, कार्यक्रमका संयोजकमा पुर्व मिस तामाङ पोखरा रोशिला ब्लोन तामाङ, सह संयोजक शिशा लामा तामाङ, राम लामा, जिता लामा, सन्चारकर्मी सन्जय मल्ल लगायतले बोलेका थिए ।
कार्यक्रमको निर्णायकरुमा नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, पुर्व मिस तामाङ नेपाल रिया लामा, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, कलाकार बुद्धी तामाङ रहेका थिए । गायक फुलकुमार बोम्जन , विवेक दोङ, सन्तोष बस्याललगायतले प्रस्तुती राखेका थिए । कार्यक्रम बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको थियो ।