काठमाडौं : राष्ट्रियसभाका रिक्त सदस्य चयन गर्न मतदान जारी छ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट रिक्त हुने भएपछि आइतबार निर्वाचन भएको हो ।

रिक्त हुने १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको छ ।बाँकी १७ पदका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम आइतबार साँझसम्म आइसक्ने निर्वाचन आयोगले जनाएको छ । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका राजधानीस्थित तोकिएको मतदानस्थल तथा मतदान केन्द्रमा मतदान भएको हो ।राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य,नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ रहेको छ ।