टाइगर कपः न्यू डायमण्डसँग थाइल्याण्ड पराजित, पुलिस फाइनलमा प्रवेश

पोखरा ।छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ न्यू डायमण्ड स्पोट्स क्लबले थाइल्याण्ड क्विन्सलाई सोझो सेटमा पराजित गरेसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।


पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा न्यू डायमण्डले थाइल्याण्डलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । न्यू डायमण्डले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको हो । न्यू डायमण्ड अपराजित रहँदै फाइनलमा पुगेको हो ।

 

थाइल्याण्ड पराजित भएसँगै ४ खेलबाट ७ अंक जोडेको पुलिस फाइनलमा प्रवेश गरेको हो । थाइल्याण्डले ४ खेलबाट ६ अंक प्राप्त ग¥यो । अब महिलातर्फको उपाधिका लागि न्यू डायमण्ड र नेपाल पुलिस क्लब भिड्नेछन् । तेस्रो स्थानका लागि थाइल्याण्ड क्विन्स र सशस्त्र प्रहरी बल एपीएफबिच प्रतिष्पर्धा हुनेछ । तेस्रो स्थानका लागि भोलि र फाइनल खेल पर्सि हुनेछ ।

 

अब पुरुषतर्फ पनि दुई खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेल पुलिस र एपीएफबिच हुनेछ । त्यसपछि त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ भिड्नेछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...