यु-१९साफ फुटबल -बंगलादेशले भुटानलाइ १२—० गोलले हरायाे

एकराज गिरी/पोखरा-पाेखरा रंगशालामा पहिलाे पटक अन्तराष्ट्रिय फुटबल प्रतियाेगिता सुरु भएकाे छ । साग खेलकुद पछि पहिलाे पटक यु-१९साफ फुटबल प्रतियाेगिता भएकाे हाे ।

पाेखराकाे फुटबल रंगशालामा भएकाे पहिलाे खेलमा बंगलादेशले विजयी सुरुवात गरेकाे छ । भुटान बिरुद्व एकपक्षीय नजिता निकाल्दै बंगलादेशले साफ यु १९ च्याम्पियनसिपमा विजयी शुरुवात गरेकाे हाे । बंगलादेशले भुटानमाथि १२—० गोलकाे‌ फराकिलाे जित निकाल्ने ।

एउटै खेलमा बंगलादेशका तीन खेलाडीले ह्याट्रिक गर्दै फराकिलाे जित दर्ता गर्याे । पहिलो गोल तेस्रो कर्नरमा सम्भव बन्यो । २८ औं मिनेटमा मामोनी चक्माले हानेको कर्नर बल सिधै सेकेण्डबारमा छिरेपछि बंगलादेशले अग्रता लियो ।

 

दोस्रो गोल सिमोती त्रिसना रानीले गर्दै अग्रता दोब्बर बन्यो । रानीले ४२ औं मिनेटमा गोल थपिन् । बंगलादेशको लागि अर्को गोल ४४ औं मिनेटमा सम्भव भयो । मोष्टमुन्की अख्तरले गोल गरेपछि बंगलादेश फराकिलो अग्रता तर्फ अग्रसर बन्यो । अख्तरले पहिलो हाफको अतिरिक्त समयमा अर्को गोल थपिन् । उनको गोलसँगै बंगलादेश पहिलो हाफ टुंगिदा ४ गोलको अग्रतामा रह्यो ।

 

त्रिसना रानीले खेलको ५४ औं र ५७ औं मिनेटमा दुई गोल थप्दै ह्याट्रिक पुरा गरिन् । उनको च्याम्पियनसिपको पहिलो ह्याट्रिक हो । खेलको ७३ औं मिनेटमा अल्पी अख्तरले व्यक्तिगत गोल गरिन् । ८१ औं मिनेटमा मोष्टमुन्की अख्तरले गोल गर्दै प्रतियोगिताको दोस्रो ह्याट्रिक गरिन् । अल्पीले खेलको ८६ औं मिनेटमा अर्को गोल थपिन् । उनले पनि अतिरिक्त समयमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । उनले चौथो गोल थपिएको चौथो मिनेटमा गरेकी थिईन् । प्रतियोगिताको अन्तिम गोल भने अप्रिता विश्वास अप्रिताले अतिरिक्त समयमा गर्न सफल भईन् ।

 

बंगलादेशी प्रशिक्षक पिटरजेम्स बटलरले पोखराको मैदान फुटबलको लागि उपयुक्त नभएको प्रतिक्रिया दिए । उनले फुटबलको लागि पीच राम्रो नभएको बताए ।

 

अखिल नेपाल फुटबल संघको व्यवस्थापन र कास्की जिल्ला फुटबल संघका स्थानीय समन्वयमा आयोजित च्याम्पियनसिपमा नेपाल, इण्डिया, बंगलादेश र भुटानको सहभागिता रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...