पोखरा ,माघ २४ ।ने क पा ( एमाले ) कास्की क्षेत्र न २ का प्रतिनिधि सभाका उम्मेदवार रश्मि आचार्यले सृजनशिल युवाहरूलाइ उत्पादन संग जोड्ने गरेर आफू घर घर मा पुग्ने बताएका छन । मर्यादित रोजागारीको बाताबरण निर्माण गर्ने नीति निर्माणमा जोड दिने भन्दै आचार्यले योजनाबद्ध दिगो बिकासका लागि जनताको कर जनतासंगैका कार्यक्रममा आफू प्राथमिकतामा राख्ने उल्लेख गरे।

प्रभाबकारी नीति ,कार्यान्वयन मार्फत युबा महिला र पछाडी पारिएकाहरूको सबलिकण गर्न आफू अघि बढ्ने उल्लेख गरे
ने क पा ( एमाले ) कास्की क्षेत्र न २ ले आयोजना गरेको बृहत कार्यकर्ता भेला पोखरामा सम्बोधन गर्दै उम्मेदवार आचार्यले सो कुरा बताएका हुन।
कार्यक्रममा एमाले केन्द्रिय सचिब तथा गण्डकी प्रदेश कमिटीका इन्चार्ज खगराज अधिकारीले रास्ट्र ,राष्ट्रियता, देशको सुरक्षा एमालेको नेतृत्वमा मात्रै संभब हुने उल्लेख गरे। उनले देश बिकासको रणनीतिक एजेन्डा र योजना आफुहरू संग भएको भन्दै भ्रम र भ्रामक प्रचारको खुलेर परास्त गर्न कार्यकर्तालाई आग्रह गरे।
एमालेका अग्रज नेता एबम कोशी प्रदेशका पूर्ब प्रमुख सोमनाथ अधिकारी प्यासी,एमाले केन्द्रिय सदस्य कृष्ण थापा सहित निर्बाचन भाबी रणनीति सम्बन्धमा धारणा राखेका थिए।
एमाले क्षेत्र दुई संयोजक भेषराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बलराम आचार्य र संचालन सचिब झपट रानाभाटले गरेका थिए।