पाेखरा,माघ ।
पाेखरा रंगशालामा जारी २५ औँ आहा ! रारा पोखरा गोल्डकपमा जाउलाखेल यूथ क्लवले जित दर्ता गरेकाे छ । आज भएकाे खेलमा जाउलाखेलले मच्छिन्द्र क्लवलाई २-० गाेलले सहज जित निकाल्याे । पहिलाे हाफ गाेल रहित टुङ्ग्याए जावलाखेलले दाेश्राे हाफमा जावलाखेलले खाता खाेल्न सफल भयाे ।
जाउलाखेलका लागि आयातित खेलाडी द्वय निकोलास ओडाने हामिल्टन र बौबसर सिस्सोखोले गोल गरे । उनीहरुले गरेकाे गाेलनै जितकालागि प्रयाप्त बन्याे । दोस्रो हाफपछि आक्रामक बनेको जाउलाखेलका लागि ५४ औं मिनेटमा हामिल्टनले गोल गर्दै गाेलकाे खाता खाेले । पहिलो गोल गरेको ८ मिनेट पछि नै सिस्सोखोले गोल थप्दै २-० काे अग्रता बनाए ।
दुइ गाेलले पछि परेकाे मच्छिन्द्र गाेल गर्ने प्रयासमा रहेपनि सम्भव नहुदाँ आहा रारा गाेल्ड कप फुटबल प्रतियाेगिताकाे यात्रा टुङ्ग्याउदै घर फर्किन बाध्य भयाे । जितसंगै जाउलाखेल क्वाटरफाइनलमा प्रवेश गर्दै आईतबार चर्च ब्वाईज युनाइटेडसँग प्रतिष्पर्धा पक्का गरेकाे छ ।
प्रतियोगिता अन्तर्गत विहीबार सशस्त्र प्रहरीको एपीएफ क्लव र मनाङमस्र्याङ्दी क्लवबीच प्रतिष्पर्धा छ ।