निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम सम्पन्न

पोखरा,२८ माघ ।निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि सुरु भएको तालिम सम्पन्न भएको हो ।


तालिमको समापन गर्दै गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले लोकतन्त्रको उत्सब भएको बताउदै पत्रकारले निर्वाचनका बेला सवेदनशिल भएर निष्पक्ष समाचार जनतामाझ पस्कन पर्ने बताउनु भयो ।

 

उहाँले निर्वाचन स्वच्छ, शान्त र निष्पक्ष बनाउन आम सञ्चारको भूमिका लाई ध्यानमा राखेर तालिम आयोजना गरेकोमा महासंघ कास्कीलाई धन्यवाद दिनुभयो ।

 

तालिममा सहभागीहरु मध्यबाट आफ्नो अनुभव सुनाउदै पत्रकार शिशिर पौडेल, खिमा गुरुङ र तिलक पुनले तालिमले निर्वाचन प्रक्रिया सहित रिपोर्टिङका बारे जानकारी प्राप्त भएको र सिकेका कुरालाई ध्यानमा राखेर कार्यक्षेत्रमा खटिने बताउनु भयो ।

 

तालिममा गण्डकी प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नारायण ढकाल, प्रेस   काउन्सिलका सदस्य केशवशरण लामिछाने, समाधान दैनिकाका प्रधान संम्पादक पत्रकार भरत कोइराला, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक गणेश पाण्डे, कास्की निर्वाचन क्षेत्र नं.२ का साहयक निर्वाचन अधिकृत दिपक गिरीले प्रस्तुतिकरण राख्नुभयो ।

 

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले निर्वाचनलाई भयरहित र धाँधली रहित बनाउन पत्रकारिताको भूमिका रहने भएकाले  निर्वाचन सम्बन्धी रिपोर्टिङ तालिम आयोजना गरिएको बताउदै तालिम प्राप्त ज्ञानलाई सहभागीले आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्ने बताउनुभयो । उहाँले पत्रकारिता जहिले पनि देश र जनाताको पक्षमा हुनुपर्ने बताउनुभयो ।

 

विभिन्न संचारमाध्यममा आवद्घ ७५ जना पत्रकार सहभागी भएको तालिममा निर्वाचन सम्बन्धी कानुन, निर्वाचन प्रक्रिया, पत्रकार आचारसंहिता र निर्वाचन सुरक्षा संवेदनशिलता लगाय विषय समेटिएको सहसचिव तथा प्रचार विभाग प्रमुख मधु अधिकारीले जानकारी दिनुभयो ।

 

महासंघ कास्कीका अध्यक्ष माधब बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भुपाल गुरुङले गर्न भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...