एकराज गिरी,पाेखरा ।प्लानिङ्ग ब्वाईज युनाइटेड पाेखरा रंगशालामा जारी २५ औँ आहा रारा गाेल्ड कप फुटबल प्रतियाेगिताकाे क्वाटरफाइनल प्रवेश गरेकाे छ । शुक्रबार भएकाे प्रिक्वाटरफाइनल खेलमा ब्वाइज युनाइटेडले फ्रेण्ड्स क्लबलाइ ४-० गाेलले पराजित गर्दै क्वाटरफाइनलकाे यात्रा पक्का बनायाे ।

ब्वाइजलाइ क्वाटरफाइनल यात्रा तय गर्दै पाहुना टाेलि उज्वेजिस्तानसंगकाे भेट पक्का बनाउन विदेशी खेलाडी पापा आइबाे केइबिले ह्याट्रिक गरे भने एलेक्स विल्सनले एक गाेल गरे ।खेलकाे २७ औँ मिनेटमा एलेक्सले गाेलकाे खाता खाेले ।उनले पेनाल्टी मार्फत गाेल गरे ।
खेलकाे ४५ औँ मिनेटमा पापाले टिमका लागि दाेस्राे गाेल गरे। खेलकाे ५४ औ र ८१ औ मिनेटमा गाेल गर्दै पापाले ह्याट्रिक पुरा गर्दै खेल ३-० जित दर्ता गरे ।भाेलि शनिबार आयाेजक सहारा र नेपाल पुलिसका वीच दिउसाे ३ बजे खेल हुने आयाेजकले जनाएकाे छ ।