कास्कीमा गैरकानूनी चन्दा संकलनमा संलग्न दुई जना पक्राउ

पोखरा, ४ फागुन — कास्कीमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै डरधम्की दिई गैरकानूनी रूपमा चन्दा संकलन गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको विशेष टोलीले मिति २०८२ फागुन ३ गते उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा तनहुँ जिल्ला व्यास नगरपालिका–१३ छाब्दीका ३२ वर्षीय अग्नी भनिने लक्ष्मण पाण्डे र कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका–२ का ३७ वर्षीय भिमसेन परियार रहेका छन्। प्रहरीका अनुसार उनीहरूले आफूलाई “माओवादीका कार्यकर्ता” भन्दै विभिन्न स्थानमा सर्वसाधारण तथा व्यवसायीलाई धम्की दिई चन्दा संकलन गर्दै हिँडेको भन्ने गोप्य सूचनाका आधारमा कारबाही गरिएको हो।

 

उनीहरूको साथबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गण्डक ब्यूरो लेखिएको रसिद ठेली, आर्थिक सहयोगसम्बन्धी पत्रहरू, खाली खाम, नगद २३ हजार रुपैयाँ, ‘जातवार्ता आहुति’ नामक पुस्तक, डायरी र तीन थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

 

पक्राउ परेका दुवै जनालाई चन्दा ऐन सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...