उज्बेकिस्तानको एभिए एफसी आहा राराकाे सेमिफाइनलमा

एकराज गिरी/फागुन ।पाहुना टाेलि उज्बेकिस्तानको एभिए एफसी आहा राराकाे अन्तिम चारमा स्थान सुरक्षित गरेकाे छ । पाेखरा रंगशालामा जारी अन्तिम क्वाटरफाइनल खेलमा एभिएले प्लानिङ्ग ब्वाइज यूनाइटेड बिरुद्व १-० काे कठिन जित निकाल्दै सेमिफाइनल पुगेकाे हाे । पाेखराकाे मैदानमा पहिलाे पटक आमने सामने भएकाका दुबै टिम वीच खेल प्रतिस्पर्धात्मक बन्याे ।

शारिरिक रुपमा अग्ला देखिएका एभिएका खेलाडीसंग पहिलाे हाफ गाेल रहित टुङ्ग्याएकाे ब्वाइजले दाेस्राे हाफमा गाेलकाे सामना गर्याे । खेलको ५६औँ मिनेटमा ३५ याड टाढाबाट उमिदजोन करिलोभले प्रहार गरेकाे बलले जाली चुम्याे ।त्यही गोल निर्णयक बन्दा बुढासुब्बा गाेल्ड कप जिते र उच्च मनाेवलका साथ खेलेकाे प्लानिङ्ग ब्वाइज आहा राराबाट बिट् मार्दै घर फर्किदा एभिएले सेमिफाइनलमा जावलाखेलसंगकाे भेट पक्का बनायाे ।

प्लानिङ ब्वाइजले खेलमा केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन। अन्तिम समयसम्म दबाब दिए पनि एभिए एफसीको रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गर्दै कठिन जित निकाल्याे ।६० औं मिनेटमा पनि पाहुना टोलीले अर्को महत्वपूर्ण अवसरलाई गुमाउँदा अग्रता दोब्बर बनाउने प्रयास विफल बन्यो । बेकरुज सोमोनोभको प्रहारलाई प्लानिङका गोलकिपरले नियन्त्रणमा लिन सकेनन् । गोलकिपरबाट रिवाउण्ड भएको बललाई ६ यार्ड बक्सबाट सार्देविक मात्मुरातोभको प्रहार क्रसबारमाथिबाट बाहिरिन पुग्यो ।

त्यसो त प्लानिङ ब्वाईजको लागि इन्जुरी समयमा गोल गर्ने अवसरबाट टाढियो । बराबरी गोल गर्ने प्राप्त अवसरलाई चुकाँउदा हार स्वीकार्यो । पेनाल्टी बक्स लाईन नजिकै पाएको फ्रिकिकलाई बैकल्पिक खेलाडीको रुमपा मैदान छिरेर कप्तान आर्मब्याण्ड लगाएका फागराम थारुले हानेको बललाई उज्वेकिस्तानी टोलीका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलमा उमिडजोन करिलोभ प्लेयर अफ दि म्याच घोषित भए । प्लानिङ्गका प्रशिक्षक पंकज शाहिले आफना खेलाडीले राम्राे खेलकाे र पाएका अबसरकाे सदुपयाेग हुन नसकेकाे बताए ।

आहा रारा पोखरा गोल्डकपको पहिलो सेमिफाईनल खेल आयोजक सहारा क्लबले मनाङ मस्र्याङ्दी क्लबसँग खेल्ने छ । विजेताले १४ लाख रुपैयाँ र उपविजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...