पाेखरा ।पाेखराकाे पर्यटकीय क्षेत्र फेवातालका डुङ्गा चालक हरुकाे मादक पदार्थ र लागु पदार्थ सेवन गरे नगरेकाले परिक्षण गरिएकाे छ ।

सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा चालकहरुकाे मापसे र लागु पदार्थ सेवन गरे नगरेकाे जाँच गरिएकाे सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय कास्कीका अध्यक्ष भिम पराजुलीले जानकारी दिए ।
जाँचका क्रममा ४५ जना डुङ्गा चालकको मापसे र लापसे परीक्षण गर्दा ४ जनाले लागू औषध सेवन गरेको र १ जनाले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ।
ला.प.से. तथा मा.प.से. गरेको पुष्टि भएका ५ जना चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नबीन कार्कीले जानकारी दिए । पक्राउ परेकाहरुलाई अभद्र व्यवहारमा कारबाही गरिने प्रहरीले जनाएकाे छ ।
कास्की प्रहरी प्रमुख कार्कीकाे उपस्थितिमा फेवाताल क्षेत्रमा सञ्चालनमा रहेका डुङ्गा चालकहरूको मादक पदार्थ सेवन (मा.प.से.) तथा लागू औषध सेवन (ला.प.से.) सम्बन्धी परीक्षण गरिएको थियो।
फेवाताल क्षेत्रमा पर्यटकको चाप बढ्दै गएको अवस्थामा सुरक्षा सतर्कता अपनाउदै चेकजाँचलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ। फेवाताल पाेखराकाे प्रमुख पर्यटकिय गन्तब्य भएकाले कुनै अप्रिय घटना नहाेस भन्नका लागि चेकजाँच गरिएकाे सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय कास्कीका अध्यक्ष भिम पराजुलीले बताए ।