पोखरामा स्कुटर दुर्घटना : एक जनाको मृत्यु

पोखरा, फागुन — कास्कीको पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।प्रहरीका अनुसार ग २६ प ३३६७ नम्बरको स्कुटर पोखरा–१७ स्थित पाेखरा अन्तराष्ट्रिय संग्रहालय  नजिकै सडक किनारामा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा स्कुटरको पछाडि सवार १७ वर्षीया जोकिला क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

स्कुटर चालक १५ वर्षीय रहित सुनार भने सामान्य घाइते भएका छन्। उनलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...