कास्की–३ मा रास्वपाकी बिना गुरुङ निर्वाचित

पोखरा । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरुङ निर्वाचित भएकी छन्।

गुरुङले ३२ हजार ११२ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गरेकी हुन्।यस क्षेत्रमा नेपाली कांग्रेसका मनोज गुरुङ ले ११ हजार २५७ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा एमालेका दामोदर पौडेल ले ६ हजार ७०५ मत ल्याएका छन्।

 

अन्य उम्मेदवारमध्ये नेपाल कम्युनिस्ट पार्टीका गोपाल गिरी ले १ हजार २७४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अर्जुन प्रसाद खनाल ले १ हजार १९७ मत प्राप्त गरेका छन्।

 

मत परिणाम अनुसार रास्वपाकी बिना गुरुङले प्रतिस्पर्धी उम्मेदवारहरूलाई उल्लेखनीय मतान्तरले पछि पार्दै कास्की–३ बाट प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेकी हुन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...