कास्की–२ का एमाले उम्मेदवार आचार्यकाे खर्च २३ लाख

पोखरा ।कास्की निर्वाचन क्षेत्र नं. २ का नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रतिनिधि सभा सदस्य उम्मेदवार रश्मि आचार्यले निर्वाचन खर्च विवरण पेश गरेका छन् । उनले निर्वाचनमा कुल २३ लाख ५०० रुपैयाँ खर्च भएको विवरण पेश गरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय कास्कीमा पेश गरिएको विवरणमा निर्वाचन प्रचारप्रसार, कार्यालय सञ्चालन, कार्यकर्ता परिचालन, सवारी साधन, प्रचार सामग्री, मतदाता शिक्षा तथा विविध गरी ११ वटा शीर्षकमा खर्च गरिएको देखिन्छ ।
मुख्य खर्चहरूमा छपाई तथा विद्युतीय प्रचारमा ५ लाख ५० हजार, प्रचारप्रसार (झण्डा,व्यानर) मा ३ लाख ७० हजार, सवारी साधनमा ३ लाख, कार्यालय सञ्चालनमा ३ लाख ३० हजार, एसएमएस र सामाजिक सञ्जाल प्रचारमा २ लाख ६१ हजार रुपैयाँ खर्च भएको उल्लेख छ । त्यसैगरी, मनोनयन दर्ता शुल्क, मतदाता शिक्षा कार्यक्रम र अन्य प्रचार गतिविधिमा पनि रकम खर्च भएको छ ।
निर्वाचन ऐनअनुसार उम्मेदवारले निर्वाचन सम्पन्न भएको निश्चित समयभित्र आफ्नो खर्च विवरण अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ । सोहीअनुसार आचार्यले आफ्नो खर्च पारदर्शी रूपमा सार्वजनिक गरेको बताएका छन् ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...