पोखरामा जुवातास खेल्दै गरेका ११ जना पक्राउ

पोखरा, चैत ७ ।  पोखरा महानगरपालिका–१७ ड्यामसाईड क्षेत्रबाट जुवातास खेल्दै गरेका ११ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार साँझ करिब ७:३० बजे जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।प्रहरीले घटनास्थलबाट नगद रु. ३ लाख ४६ हजार ९६५ तथा १० बुक तास बरामद गरेको जनाएको छ।

 

पक्राउ परेका व्यक्तिहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकताविरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।प्रकरणबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...