पोखरा । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मानव अधिकार उल्लंघनका घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
‘पीडकलाई कारबाही गर्दै पीडितलाई न्याय दिलाउने पक्षमा सरकार दृढ छ,’ मन्त्री पाठकले भने।

उनले मानव अधिकार विश्वव्यापी र नागरिकका नैसर्गिक अधिकार भएको उल्लेख गर्दै यसलाई कसैले पनि हरण गर्न नसक्ने बताए। साथै, सम्मानपूर्वक बाँच्न पाउने, भेदभावरहित व्यवहार पाउने तथा स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने अधिकार मानव अधिकारका आधारभूत मान्यता भएको उनको भनाइ थियो।
मन्त्री पाठकले मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि सरकार सदैव सचेत र प्रतिबद्ध रहेको पनि स्पष्ट