काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

हिजो पक्राउ परेका लेखकलाई थप अनुसन्धानका लागि म्याथ थप अनुमति लिन अदालतमा लगिएको हो । उनलाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै काठमाडौँ जिल्ला अदालत काठमाडौँ पेस गर्न लागिएको हो ।
भदौ २३ र २४ गतेको आन्दोलनको घटना छानबिनका लागि प्रहरीले लेखकलाई शनिबार बिहान निबासबाटै पक्राउ गरेको हो ।उनलाई प्रहरीले २ नम्बर गण महाराजगञ्जमा राखेको छ ।