हिलपोइन्टमा परिवार नियोजनको सचेतना

पोखरा, १७ चैत । नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ ।

२४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १४ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो ।

 

पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १२ माटेपानी स्थित हिल पोइन्ट माविमा अभियान संचालन गरिएको छ ।त्यस अवसरमा विद्यायका भाईस प्रिन्सिपल गंगाराम पौडेलले बोल्नुभएको थियो ।

 

कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारी, र कर्मचारी सुरज चौधरीले सहजिकरण गर्नुभएको थियो ।

 

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारीले संचालन गर्नुभएको थियो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...