पोखरा–१७ मा गर्भवती तथा सुत्केरी महिलालाई पोषण प्याकेज वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ अन्तर्गत सञ्चालित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा नियमित स्वास्थ्य जाँच गराउँदै आएका गर्भवती तथा सुत्केरी महिलालाई पोषण प्याकेज वितरण गरिएको छ।


वडा कार्यालयको आर्थिक वर्षको वार्षिक कार्यक्रमअन्तर्गत ११९ जना गर्भवती तथा सुत्केरी महिला दिदीबहिनीहरूलाई पोषण सामग्री प्रदान गरिएको वडा कार्यालयले जनाएको छ।

कार्यक्रममा वडा अध्यक्ष राधिका कुमारी शाहिले पाेषण प्याकेज वितरण गर्दै गर्भावस्था र सुत्केरी अवस्थामा पोषणयुक्त आहार अत्यन्त आवश्यक हुने उल्लेख गर्दै यस्ता कार्यक्रमले आमा र शिशुको स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

 

उहाँले नियमित स्वास्थ्य परीक्षण र सन्तुलित आहारमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।वडाले मातृ तथा शिशु स्वास्थ्य सुदृढीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने समेत जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...