पोखरा, २६ चैत । पर्यटन ब्यवसायि मञ्च (ओटेफ) ले धार्मिक पर्यटन प्रवद्धन गर्ने उदेश्यले धार्मिक स्थलहरुको अध्यन,अवलोकन भ्रमण सम्पन्न गरेको छ । पोखराबाट दुइदिने अवोलकन भ्रमणमा निस्केको टालीले नवलपुरको मछेन्द्रनाथ हुँदै त्रिवेणी धाममा पुगेर सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै त्रिवेणीधामका गुरु श्रीकृष्ण श्वामीले नेपालको हरिद्धार भनेर चिनिने त्रिवेणी धाम हिन्दु समुदायको महत्पुर्ण ऐतिहासिक एवं पुरातात्विक धार्मिक स्थल भएको बताए ।
उनले त्रिवेणी धामको संरक्षणको अभावमा धाम ओझेलमा परेको बताउदै धामको महत्व र प्राचिन विशेषताको व्यापक प्रचार प्रसार गर्नुपर्नेमा जोड दिए । धाममा दिनहुँ हजारौ भक्तजन तथा पर्यटकहरु आउनु पर्ने भएपनि बाटोघाटो, धर्मशाला, स्नानगृह, आवाश जस्ता आवश्यक भौतिक पुर्वाधारको अभावले ऐतिहासिक धार्मिकस्थल ओझेलमा परेको बताए । उनले नेपालबाट जाने बाटोको सुविधा नहुदा भारतीय भूमी हुँदै जानुपर्ने बाध्यता रहेको उनले सुनाए ।
त्रिवेणी धाम नारायणी, तमसा र सोनभद्र गरि तिनवटा नदीको संगमलाई भनिन्छ । विश्वमै शालिकराम ढुङ्गा पाईने एउटा मात्र गण्डकी नदीको त्रिबेणी धाम प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउदै ओटेफका अध्यक्ष ममता न्यौपानेले धार्मिक धार्मिकस्थललाई प्रचारप्रसार गर्दै लैजानुपर्नेमा जोड दिइन ।
२०७४ सालदेखि पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा कृयाशिल ओटेफले आफ्नो वार्षिक कार्ययोजना अनुसार विभिन्न पर्यटकीय स्थलहरूमा कार्यक्रम गर्दै आएकोमा यो पटक त्रीवेणीधामा पुगेको संयोजक मिना पाैडेलले बताइन । उनले गजेन्द्र मोक्षनारायण मन्दिरअन्तरगत बालमिकी आश्रम, नागाबाबा कुटी, शिवालय लगायत विभिन्न मठ मन्दिरहरुको दर्शन गरेको बताइन ।
भ्रमण टोलीमा पर्यटन व्यवसायी, सञ्चारकर्मी सहित ३५ जना सहभागि थिए । उनले गजेन्द्र मोक्षनारायण मन्दिरअन्तरगत बालमिकी आश्रम, नागाबाबा कुटी, शिवालय लगायत विभिन्न मठ मन्दिरहरुको दर्शन गरेको बताइन ।भ्रमण टोलीमा पर्यटन व्यवसायी, सञ्चारकर्मी सहित ३५ जना सहभागि थिए ।