अमरसिंह माविको जग्गामा विगत तीन दशकदेखि रहेका अस्थायी संरचना हटाइए

जेठ । पोखरा महानगरपालिका–१२ स्थित अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा विगत तीन दशकदेखि रहेका अस्थायी संरचना हटाइएको छ ।विद्यालयको जग्गा अतिक्रमण गरी बनाइएका ५३ वटा व्यावसायिक टहराहरू पूर्ण रूपमा खाली गरिएको हो । यसअघि विद्यालय प्रशासनले पटक–पटक सूचना जारी गरी जग्गा खाली गर्न आग्रह गरे पनि व्यवसायीहरूले अटेर गर्दै आएका थिए । सोही विषयमा विवाद बढेपछि व्यवसायीहरूले अदालतमा मुद्दा दायर गरेका थिए ।

तर अदालतले विद्यालयकै पक्षमा फैसला गरेपछि विद्यालयले पुनः १५ दिने सूचना जारी गरेको थियो । सो सूचनाको म्याद सकिन लाग्दा पोखरा महानगरपालिका प्रमुख र व्यवसायीबीच भएको छलफलपछि टहरा हटाउन जेठ ४ गतेसम्मको अन्तिम समयसीमा तोकिएको थियो ।

 

सोही सहमति अनुसार व्यवसायीहरूले आफ्ना सामान सुरक्षित रूपमा स्थानान्तरण गर्दै टहराहरू खाली गरेका हुन् । लामो समयदेखि विद्यालयको जग्गामा रहेका संरचना हटेसँगै उक्त जग्गा अब विद्यालयको पूर्ण स्वामित्व र उपयोगमा आएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...