पोखरा १० जेठ । प्रेस क्लव गण्डकीको आयोजनामा कास्कीको वराङमा पत्रकारहरुकोलागी मिडिया साक्षरता तालिम सम्मपन भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश आर्थीक सहयोगमा संचालनमा भएको मिडिया तालिममा पछिल्लो समय समाचारमा देखीएको भ्रामक र तथ्यहिन समाचारवारे कसरी थाहाँ पाउने भन्ने विषयमा प्रशिक्षक दिपक के श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

वजारमा कुन मिडियाबाट प्रकाशीत समाचार ठिक कस्ता मिडिया वाट प्रकाशित समाचार वेठीक भन्ने जानकारी नहुदा धेरैले गलत सुचना र समाचारलाई सहि ठान्ने गरेको प्रशिक्षक श्रेष्ठले बताए । मिडियाकर्मीनै समाचारका स्रोत सुचनाका स्रोत छुटाउन नसक्दा लेखनमा समेत प्रभाव पर्न थालेको भन्दै पछिलो समय एल्गोरीदमकै कारण कुनै समाचार छिनभरमै भइरल र धेरै मिहनत गरेका समाचारहरुको प्रभाव थोरै पर्न थालेको भन्दै सहभागीहरुले एआई प्रविधि र समाचारमा त्यसको प्रयोगवारे जानकारी समेत लिएका थिए ।
कार्यक्रममा समाचार, सूचना, भिडियो, सामाजिक सञ्जालको पोस्ट, विज्ञापन वा सामग्रीलाई बुझ्ने, विश्लेषण गर्ने, सत्य–असत्य छुट्याउने र जिम्मेवार रूपमा प्रयोग गर्ने क्षमता वारे पत्रकारहरुलाई प्रशिक्षण दिइएको थियो ।
डिजिटल युगमा फेसबुक, टिकटक, युट्युब, अनलाइन समाचार र एआईबाट आउने सामग्री धेरै हुने भएकाले मिडिया साक्षरता अत्यन्त आवश्यक रहेको सहभागी पत्रकाहरुको जोड रहेको थियो ।
अर्को प्रशिक्षक राम गुरुङले पत्रकारितामा फोटोको प्रयोग त्यसको उपादयता वारे प्रशिक्षण दिएका थिए । अनलाइन न्युज पोर्टलमा कसरी फोटो भिडियो राख्ने, कस्तो अवस्थामा कस्ता फोटोहरु खिच्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।
पोखरा आसपासमा विभीन्न संचार माध्यमा कार्यरत पत्रकाहरुको सहभागीता रहेको थियो। क्लबले विभीन्न कार्यक्रमहरु गर्दै आएको छ ।