दशनामी युवा समिति गण्डकी अध्यक्षमा प्रेम र कास्की अध्यक्षमा दिपक

पोखरा, असार २७। नेपाल दशनामी युवा समिति कास्की र गण्डकी प्रदेश समितिको तेस्रो अधिवेशन शनिबार पोखरामा सम्पन्न भएको छ। अधिवेशनले दुवै समितिको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ।

अधिवेशनबाट नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको अध्यक्षमा प्रेम गिरी (कास्की), उपाध्यक्षमा तनबहादुर गिरी (कास्की), सचिवमा ओमराज गिरी (पर्वत), सहसचिवमा महेश गिरी (कास्की) तथा कोषाध्यक्षमा अमृत गिरी (तनहुँ) चयन भएका छन्।

 

त्यसैगरी नेपाल दशनामी युवा समिति कास्कीको अध्यक्षमा दिपक गिरी, उपाध्यक्षमा सिम्रन गिरी, सचिवमा हेम गिरी, कोषाध्यक्षमा सुजन गिरी, सहसचिवमा गोविन्दराम गिरी, सदस्यमा अनुप गिरी र आशिष गिरी चयन भएका छन्।

 

यसअघि उद्घाटन समारोहमा नेपाल दशनामी समाजकी केन्द्रीय उपाध्यक्ष सरस्वती गिरीले दशनामी समुदायलाई एकीकृत गर्दै संगठनलाई थप सशक्त बनाउन युवाको भूमिका महत्वपूर्ण रहेको बताएकी थिइन्।

 

नेपाल दशनामी समाजका केन्द्रीय सल्लाहकार बाबुराम गिरीले समुदायको अस्तित्व संरक्षण र एकीकरणका लागि सक्षम, सफल र सक्रिय नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै अधिवेशनले संगठनलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए। उनले युवाबीच व्यावसायिक एकता, आपसी सहयोग, मित्रता र भाइचाराको भावना अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।

 

कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष अर्जुन गिरी, महिला समितिकी केन्द्रीय अध्यक्ष सपना गिरी, गण्डकी प्रदेश अध्यक्ष मोति गिरी, केन्द्रीय उपाध्यक्ष दिपक गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

 

उद्घाटन सत्र नेपाल दशनामी युवा समिति कास्कीका अध्यक्ष सरस्वती पुरी तथा गण्डकी प्रदेश अध्यक्ष सूर्य गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो। अधिवेशनमा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

 

नवनिर्वाचित नेतृत्वले दशनामी समुदायको एकता, संगठन सुदृढीकरण तथा युवाको सक्रिय सहभागिता अभिवृद्धिमा जोड दिँदै आगामी कार्ययोजना अघि बढाउने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...