पिसिएममा नमुना पत्रकार सम्मेलन अभ्यास

पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरूले नमुना पत्रकार सम्मेलनको अभ्यास गरेका छन्।


शुक्रबार नदीपुरस्थित कलेजमा आयोजित कार्यक्रममा दुई वटा सेक्सनका ६९ विद्यार्थी ६ समूहमा विभाजित भई समसामयिक विषयमा पत्रकार सम्मेलनको अभ्यास गरेका हुन्। विद्यार्थीहरूले प्रेस वक्तव्य प्रस्तुत गर्नुका साथै पत्रकारहरूको प्रश्नको जवाफ दिने अभ्यास गरेका थिए।

 

अभ्यासका क्रममा फ्लाई दुबईद्वारा पोखरामा हुन लागेको नियमित अन्तर्राष्ट्रिय उडान, पोखरा पर्यटन परिषद् को रोपाइँ महोत्सव, तथा पोखरा उद्योग वाणिज्य संघ को रोजगार मेला विषयमा प्रस्तुति दिएका थिए।

 

यस्तै, पसल डट कमको सेवा विस्तार, साइमेक्स इनकर्पोरेसनद्वारा विद्युतीय गाडी आयातसँग सम्बन्धित विवाद तथा नेपाल इन्भेष्टमेन्ट मेघा बैंक का प्रमुख कार्यकारी अधिकृत पक्राउको विषयमा पनि विद्यार्थीहरूले नमुना पत्रकार सम्मेलन सञ्चालन गरेका थिए।
कलेजका अनुसार यस अभ्यासले विद्यार्थीहरूको सञ्चार सीप, सार्वजनिक प्रस्तुति, प्रेससँग संवाद गर्ने क्षमता तथा संकट व्यवस्थापनका क्रममा प्रभावकारी रूपमा सूचना प्रवाह गर्ने दक्षता विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...