सडक दौडमा गन्जमान र सुनिता प्रथम

पोखरा । भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको जनप्रतिनिधिबीचको खुला सडक दौड प्रतियोगितामा पुरुषतर्फ पोखरा महानगरपालिका–२० का गन्जमान गुरुङ र महिलातर्फ पोखरा–७ की सुनिता सुनार प्रथम भएका छन्।

शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ पोखरा–१९ का बिकास कुमार आचार्य द्वितीय तथा पोखरा–७ का राममोहन आचार्य तृतीय भए।

 

यस्तै महिलातर्फ पोखरा–१ की शोभा गुरुङ द्वितीय तथा पोखरा–१५ की मन्दिरा गौतम तृतीय हुन सफल भइन्।भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको प्रतियोगितामा विभिन्न वडाका जनप्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

 

प्रतियोगितामार्फत खेलकुद संस्कृतिको प्रवर्द्धन, नियमित व्यायामको महत्व र स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।प्रतियोगिताका विजेताहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...