पहिराेले नेपाली सेनाको ब्यारेक क्षति,लत्ताकपडा तथा व्यक्तिगत सामग्री नष्ट

पोखरा, साउन १२। कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ करुवास्थित सुपर सेती जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको अस्थायी ब्यारेक बाढी–पहिरोका कारण पूर्ण रूपमा क्षति भएको छ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन ६ र ७ गते परेको अविरल वर्षापछि आएको बाढी–पहिरोले प्रिफ्याब संरचनामा जस्ताले छाएको तीन कोठे ब्यारेक पूर्ण रूपमा बगाएको हो। घटनामा त्यहाँ कार्यरत १५ जना नेपाली सेनाका जवानहरूको लत्ताकपडा तथा व्यक्तिगत सामग्री पनि पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ।

घटनामा कुनै मानवीय वा चौपाया क्षति भने भएको छैन।
घटनाबारे साउन १२ गते दिउँसो ३ बजे प्रहरी चौकी सार्दीखोलामा जानकारी प्राप्त भएपछि प्रहरी वरिष्ठ हवल्दार टिकाराम गुरुङको कमाण्डमा दुई सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

 

घटनास्थल प्रहरी चौकी सार्दीखोलाबाट करिब २१ किलोमिटर पूर्व तथा वडा प्रहरी कार्यालय बगरबाट करिब ३० किलोमिटर उत्तरतर्फ पर्छ। घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...