पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पोखरा, साउन १७। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य फेरि वृद्धि गरेको छ। निगमले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य साउन १८ गते बिहान १२:०१ बजेदेखि लागू हुनेछ।

नयाँ मूल्यअनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर रु. १७१.५०, दोस्रो वर्गमा रु. १९९.०० र तेस्रो वर्गमा रु. २००.०० कायम गरिएको छ। यसअघि पहिलो वर्गमा पेट्रोलको मूल्य रु. १६८.५० रहेको थियो।

 

त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पनि प्रतिलिटर रु. १७१.५०, दोस्रो वर्गमा रु. १९९.०० र तेस्रो वर्गमा रु. २००.०० कायम गरिएको निगमले जनाएको छ।

 

आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु. २३९ कायम गरिएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौं, पोखरा र भैरहवाका लागि हवाई इन्धनको मूल्य पनि समायोजन गरिएको छ। एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

 

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेका कारण स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्नुपरेको हो। मूल्य समायोजनपछि पनि निगमलाई मासिक करिब रु. १ अर्ब ४८ करोड घाटा हुने अनुमान गरिएको छ।
निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको मितव्ययी प्रयोग गर्न आग्रह गर्दै बदलिँदो अन्तर्राष्ट्रिय बजार अवस्थालाई ध्यानमा राखेर मूल्य समायोजन गरिएको जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...