भुर्तेल आधारभूत विद्यालयलाई १ लाख ७० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २८ मा रहेको श्री भुर्तेल आधारभूत विद्यालय, स्याङखुदीलाई १ लाख ७० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ।
विद्यालयमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २८ का वडा अध्यक्ष कृष्ण लामिछानेको उपस्थितिमा विद्यालयलाई कम्प्युटर, प्रिन्टरलगायतका विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष सबिता तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो।


विद्यालयमा आवश्यक शैक्षिक तथा प्रविधिमैत्री सामग्री उपलब्ध भएपछि पठनपाठनमा थप सहजता आउने विद्यालयले जनाएको छ। विशेषगरी कम्प्युटर र प्रिन्टरलगायतका सामग्रीले विद्यालयको प्रशासनिक कार्यसँगै विद्यार्थीको सिकाइ प्रक्रियालाई समेत प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

केही समयअघि विद्यार्थी संख्या कम हुँदै गएपछि मर्ज हुने अवस्थासम्म पुगेको भुर्तेल आधारभूत विद्यालय अहिले भने नमुना विद्यालयका रूपमा विकास हुँदै गएको बताइएको छ। विद्यालयको शैक्षिक वातावरण सुधार, आवश्यक पूर्वाधार तथा सामग्रीको व्यवस्थापन र स्थानीय तहको सहयोगका कारण विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दै गएको विद्यालय पक्षको भनाइ छ।

 

विद्यालयको गुणस्तरीय शिक्षा र समग्र विकासका लागि स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिइएको छ।

 

विद्यालयलाई उपलब्ध गराइएको शैक्षिक सामग्रीले प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाइलाई थप आधुनिक, व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...