पोखरा । नेपाल रेडक्रस सोसाइटी (नेरेश) पोखरा महानगरपालिका–१९ उपशाखाले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई ५० हजार रुपैयाँ सहयोग गरेको छ।

उपशाखाले विपद् प्रभावित तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम चेकमार्फत जिल्ला शाखालाई हस्तान्तरण गरेको हो।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेरेश–१९ उपशाखाका सभापति रमेश विश्वकर्मा, निर्वाचित सभापति तथा जिल्ला सदस्य नवराज पौडेल, उपसभापति लक्ष्मी अधिकारी, कोषाध्यक्ष श्रीराम गौतम र सचिव माधव गौतमलगायतको उपस्थिति रहेको थियो।
उक्त रकम जिल्ला शाखामार्फत विपद् प्रभावितको राहत तथा मानवीय सेवामा परिचालन गरिने जनाइएको छ।