पाेखरा ।पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित शोभा गौतमले पदभार ग्रहण गरेकी छन्।

पदभार ग्रहण गर्दै अध्यक्ष गौतमले आफूलाई प्राप्त विश्वास, साथ र जिम्मेवारीलाई आत्मसात् गर्दै संघलाई अझ सशक्त, व्यवसायीमैत्री र भरोसायोग्य संस्था बनाउने संकल्प गरेकी छन्।
उनले पोखराका सबै उद्योगी–व्यवसायीको साझा हित र समृद्धिका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
गौतमले अध्यक्षको जिम्मेवारी सम्हालेसँगै पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा नयाँ कार्यसमितिले औपचारिक रूपमा कार्यभार सुरु गरेको छ।