
कार्यक्रममा इलेक्ट्रो मेकानिकल संघ कास्कीका अध्यक्ष बलभद्र नकर्मीले पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमसहित पदाधिकारी तथा कार्यसमितिलाई खादा र टीका लगाएर बधाइ ज्ञापन गरेका थिए । स्वागत तथा बधाइ ज्ञापन कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शोभा गौतमले विद्युतीय सामग्रीलाई चुस्त दुरुस्त राख्ने इलेक्टो मेकानिकहरुले प्रदान गर्ने सेवा यहाँका उद्योग,पर्यटन तथा वाणिज्य सवै क्षेत्रका निम्ति आवश्यक भएको बताउँदै इलेक्ट्रो मेकानिकका समस्या पोखरा उद्योग वाणिज्य संघको पनि समस्या भएको बताइन् । उनले दक्ष जनशक्ति उत्पादनका तथा इलेक्ट्रो मेकानिकल संघमा आवद्ध सदस्यहरुको दक्षता अभिवृद्धिका निम्ति संघले सक्दो सहयोग गर्ने वचन पनि दिइन् ।

इलेक्ट्रो मेकानिकल संघ कास्कीका उपाध्यक्ष माधव तिवारीले धन्यवाद ज्ञापन गर्ने क्रममा पोखरा उद्योग वाणिज्य संघले आफ्नो दायरा फराकिलो बनाउँदै इलेक्ट्रो मेकानिकहरुलाई समेट्न आग्रह गरे ।
इलेक्ट्रो मेकानिकल संघका महासचिव रेशम गुरुङको संचालन रहेको कार्यक्रमकै दौरानमा यही असोज १ र २ गते काठमाडौंमा आयोजना हुने उच्चस्तरको प्राविधिक तालिमका लागि छानिएका संस्थाका सदस्यहरु हजरत बाला अन्सारी,हरि न्यौपाने,सोम गुरुङ तथा मदनकुमार थापालाई बधाइसहित बिदा गरिएको थियो ।