मिडियासँगै व्यवसायमा रोजी श्रेष्ठ, नाइटिङ्गेल सप्लायर्समार्फत व्यवसायिक यात्रा

‎पोखरा ।सञ्चार क्षेत्रमा सक्रिय रोजी श्रेष्ठले व्यवसायिक यात्रालाई समेत अघि बढाएकी छन्। मिडियाकर्मी तथा फेवा टिभीकी निर्देशकसमेत रहेकी श्रेष्ठले पोखरा–१७ बिरौटाचोकस्थित अजाेध्या भगवान् (ग्रिन कम्प्लेक्स) मा ‘नाइटिङ्गेल सप्लायर्स’ सञ्चालनमा ल्याएकी हुन्।

‎सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय श्रेष्ठले सञ्चारसँगै व्यवसायिक क्षेत्रमा पनि नयाँ अनुभव र सम्भावना खोज्ने उद्देश्यले व्यवसाय सुरु गरेको बताइन्।


‎श्रेष्ठ भन्छिन्, ‘सञ्चार क्षेत्रमा काम गर्दै आएको अनुभवसँगै अब व्यवसायमा पनि केही नयाँ गर्ने सोचले नाइटिङ्गेल सप्लायर्स सुरु गरेकी हुँ। ग्राहकको आवश्यकता र रोजाइलाई ध्यानमा राख्दै गुणस्तरीय सामग्री सहज रूपमा उपलब्ध गराउने मेरो उद्देश्य हो। व्यवसायलाई विश्वास, गुणस्तर र सेवासँग जोडेर अघि बढाउने प्रयास रहनेछ।’


‎ ग्राहकको आवश्यकता, रोजाइ र सहजतालाई प्राथमिकतामा राख्दै आगामी दिनमा सामग्रीको विविधता थप्दै व्यवसायलाई विस्तार गरिने उनकाे भनाई छ ।

 

‎आजदेखि सञ्चालनमा आएको नाइटिङ्गेल सप्लायर्समा महिला तथा पुरुषका लागि ब्याग तथा ह्यान्डब्याग, लिंगरी तथा इन्टिमेट्स, एक्टिभ तथा जिम वेयर, नाइटगाउन तथा स्लीप वेयर, लाउन्जवेयर तथा टु–पिस सेट, पुरुषका आधारभूत तथा आवश्यक सामग्रीलगायतका लाइफस्टाइल सामग्री उपलब्ध छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...