दुबईबाट सिधै पोखरा आइन् गायिका रचना रिमाल

पोखरा । गायिका रचना रिमालले विदेशबाट नेपाल फर्किँदा यसअघि आफ्नो गन्तव्य काठमाडौं हुने गरेकोमा यसपटक भने पोखरा हुँदै नेपाल प्रवेश गरेकी छन् ।


काठमाडौंमै बसोबास भए पनि आफ्नै इच्छाले पोखरा हुँदै नेपाल फर्किने निर्णय गरेको उनले बताएकी छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको अनुभव लिनुका साथै विमानस्थललाई विश्वसँग जोड्ने प्रयासलाई आफ्नै यात्रामार्फत अनुभव गर्न आफूले पोखरा रोजेको उनको भनाइ छ ।

 

फ्लाईदुबईले दुबई–पोखरा नियमित उडान सुरु गरेको केही दिनमै दुबईबाट पोखरासम्मको यात्रा निकै आरामदायी र सुखद रहेको रिमालले बताएकी छन् । उनले पोखरा जस्तो प्रमुख पर्यटकीय गन्तव्य सिधै अन्तर्राष्ट्रिय उडानमार्फत विश्वसँग जोडिँदा नयाँ सम्भावना सिर्जना हुने बताइन् ।

 

‘हामीले आफ्नै अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्‍यौँ भने मात्रै यस्ता उडानहरू दिगो बन्ने र आगामी दिनमा अझ विस्तार हुने सम्भावना बलियो हुन्छ,’ उनले भनेकी छन् ।

 

पोखरालाई विदेशी पर्यटकसँग, नेपाली नागरिकलाई विश्वसँग तथा यहाँको पर्यटन र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने यस्ता उडानहरू आगामी दिनमा अझ विस्तार हुँदै जानुपर्ने उनको अपेक्षा छ ।नेपालबाट विश्व जोडिने बाटो अझ फराकिलो बनाऔँ,’ रिमालले भनेकी छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...