पोखराको ठुलाकोटमा नेपाल टेलिकमको टावरमा आगलागी

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ठुलाकोटस्थित नेपाल टेलिकम (एनटीसी) को टावरमा आगलागी भएको छ।
शुक्रबार साँझ करिब ६ः४५ बजे टावरको फेदबाट अचानक आगलागी भएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

फाइलफाेटाे

सामुदायिक प्रहरी सेवा केन्द्र कालिकाबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र थापाको कमान्डमा पाँच जनाको टोली खटिएको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाउने प्रयास गरिएको थियो।

प्राप्त प्रारम्भिक विवरणअनुसार आगलागीबाट मानवीय क्षति भएको छैन। आगलागीको कारण खुल्न सकेको छैन। आगो बल्ने क्रम कम हुँदै गएको र सम्बन्धित निकायलाई घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ।घटनास्थल इलाका प्रहरी कार्यालय शिशुवाबाट करिब १० किलोमिटर उत्तरमा पर्छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...