कास्कीमा युवकको हत्या आरोपमा पाँच जना पक्राउ

पोखरा, ११ कात्तिक। कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ घिप्लेमा २२ वर्षीय राजेन्द्र पौडेलको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशिष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक र ३८ वर्षीय लिलबहादुर पुन रहेका छन्।


जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कात्तिक ९ गते बिहान करिब ८:२० बजे पौडेल आफ्नै घरदेखि करिब ५० मिटर पूर्वमा रहेको बारीको पाटामा मृत अवस्थामा फेला परेका थिए। स्थानीयबाट सूचना प्राप्त हुनासाथ प्रहरी चौकी धम्पुसबाट खटिएको टोलीले घटनास्थल सुरक्षित गरी अनुसन्धान सुरु गरेको थियो।

 

प्रहरीका अनुसार मृतकको शरीरभरि नीलडाम तथा चोटपटक रहेको र उनी नग्न अवस्थामा फेला परेका थिए। घटनाको अनुसन्धानका लागि नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट अनुसन्धान टोली खटिएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...