काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाउने निर्णय गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको हो।
त्यसैगरी, बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ।
सरकारको निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुने भएको छ। डा. केसीले नयाँ प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्नेछन्।