नेपाली राष्टिय फुटबल टिमको प्रशिक्षण पोखरामा, विगतको भन्दा राम्रो गछौ ः प्रशिक्षक महर्जन

पोखरा, माघ ११ गते । नेपाली फुटबलको राष्ट्रिय टोलीले पोखरामा प्रशिक्षण शुरु गरेको छ । काठमाडौ बाहिर पहिलो पटक राष्टिय टिमको प्रशिक्षण भएको हो । टोली प्रशिक्षणका लागि विहिबार साँझ पोखरा आइपुगेको हो ।

पोखरा रगंशालाको फुटबल मैदानमा खेलाडीहरुले प्रशिक्षण सुरु गर्नुभएको छ । काठमाडौ बाहिर पहिलो पटक प्रशिक्षण, यहाँको मैदान र बसाई लगायतका विषयमा गोरखापत्रसंग कुरा गदै नेपाली राष्टिय टिमका प्रशिक्षक बालगोपाल महर्जनले भन्नुभयो, पोखरामा प्रशिक्षण गर्न पाउदाँ खुशी लागेको बताउनुभयो ।


उहाँले पोखराको मैदान र बसाई लगायत सबै कुरा राम्रो भएको बताउनुभयो । विगतको भन्दा अहिले प्रशिक्षण राम्रो हुने अपेक्षा गरेका छौ उहाँले भन्नुभयो, ‘पोखरामा प्रशिक्षण गर्न पाउदाँ खुशी छौ । यहाँको मैदान राम्रो र सुविधा सम्पन्न छ । विभिन्न ठाँउमा प्रशिक्षण गर्दा खेलाडीमा उत्साह हुन्छ ।’ उहाँले खेलाडीलाई सुविधा र राम्रो प्रशिक्षणको व्यवस्था गर्दा मनोवल बढने बताउदै भन्नुभयो, ‘राष्टिय टिम बराबरका क्लबसंग मैत्रीपूर्ण र विदेशमा प्रशिक्षण गर्ने वातावरण सृजना भए अझै खेलाडीले खेल सुधार गर्न पाउछन् । त्यसैले हामीले ६ हप्ताको तयारी छ । पहिलो नेपालभित्रै र तेश्रोमा विदेशमा प्रशिक्षण गर्ने योजनामा छौ ।’

उहाँले खेलाडीहरुमा शारिरीक, मानसिक र प्राविधिक रुपमा बलिया बन्दै गएको र यहाँको प्रशिक्षसंगै थप सुधार हुने बताउनुभयो ।‘विगतमा भन्दा राम्रो नतिजा ल्याउछौँ र त्यही अनुसारको प्रशिक्षण गर्ने छौ ।’ प्रशिक्षक महर्जनले प्रशिक्षणका लागि विदेश जाने योजना भएपनि अहिले निर्णय भैनसकेको बताउनुभयो । ‘विदेश जान्छौ गल्फ वा एशिएन देशमा खेल्ने योजना छ तर अहिले टुंगिएको छैन ।’ उहाँले पोखरामा टिमको व्यवस्थापन राम्रो भएको र खुशी रहेको बताउनुभयो ।

राष्टिय टिमका खेलाडी विराज महर्जनले नेपाली टिमले काठमाडौ भन्दा बाहिर पोखरामा प्रशिक्षण गर्न पाउदाँ खुशी लागेको बताउदै यहाँको वातावरण राम्रो भएको बताउनुभयो । ‘व्यवस्थापन धेरै राम्रो छ । यसले खेलाडीलाई उत्साहित बनाएको छ ।’ उहाँले पोखराको वातावरण, मैदान र व्यवस्थापले सहज बनाएको बताउनुभयो । उहाँले एक्पोजर खेलका लागि विदेशमा टेनिंगभए थप राम्रो हुने बताउनुभयो । एक्सपोजरको अवसर दिनुपर्छ उहाँले भन्नुभयो, सिनियर र नयाँ खेलाडी छौ र राम्रो टिम बनेको छ ।

पोखरा रंगशालामा फुटबल टोलीले शुक्रबारदेखि प्रशिक्षण शुरु गरेको हो । ५० जना खेलाडीबाट पहिलो चरणमा छनोट गरिएको ३५ सदस्यीय टोली पोखरा आईपुगेको हो । पोखरामा दुईसाता प्रशिक्षण गरेर काठमाडौं फर्किने छ । फुटबल टोलीले पोखरामा माघ २१ गतेसम्म प्रशिक्षण गर्ने छ । ९ जना अफिसियलहरु रहनुभएको छ । नेपाली टिमले सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा विश्वकप छनोटको तयारी भए पनि महिला राष्ट्रिय लिग सञ्चालन भएपछि पुरुष फुटबल टिम प्रशिक्षणको लागि पोखरा आईपुगेको अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ ।

टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकको जिम्मेवारी पोखरेली प्रशिक्षक किरण श्रेष्ठ हुनुहन्छ । फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरणको बाँकी तीन खेल नेपालले दशरथ रंगशालामा खेल्ने छ । नेपालले छनोटमा चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्ने छ । नेपालले ताइपेईसँग चैत १२ गते र अस्ट्रेलियासँग चैत १७ गते खेल्ने कार्यक्रम तय गरिएको छ । विश्वव्यापी फैलिएको कोरोना कहरकै कारण छनोट प्रतियोगिता पछि सारिएको थियो । छनोटमा समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अंक जोडेर चौथो स्थानमा छ ।

नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा पराजित भएको थियो । नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ समान खेलबाट १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ ।
यसैवीच नेपाली राष्टिय टिमका खेलाडीलाई क्षेत्रीय खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद विकास समितिले पोखरामा स्वागत गदै शुभकामना ब्यक्त गरेको छ । शनिबार रंगशालामा आयोजित कार्यक्रममा खाँदा लगाएर स्वागत गरिएको हो । राष्टिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले खाँदा लगाएर स्वागत गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...