धम्की प्रति प्रेस युनियन कास्कीको आपत्ति

पोखरा माघ २२ गते । पोखराबाट प्रकाशित समाधान राष्ट्रिय दैनिकको कार्यालयलाई बमले उडाईदिने धम्की दिइएकोमा नेपाल प्रेस युनियन कास्कीले आपत्ति जनाएको छ ।


युनियन कास्की अध्यक्ष नविन सिग्देल र सचिव प्रदिप पौडेलले विज्ञप्ति निकालेर स्वतन्त्र प्रेसमाथि आक्रमणको धम्की प्रति निन्दा गरेको हो ।मिडियामा प्रकाशित कुनै समाचारमा चित्त नबुझे खण्डन गर्न र कानुनी उपचार खोज्ने विकल्प हुँदाहुँदै पार्टी विशेषको नाम लिएर दिइएको धम्की पे्रस स्वतन्त्रता माथि ठाडो हस्तक्षेप भएको युनियनले ठहर गरेकोे छ ।

घटनाको बारेमा सत्य तथ्य छानबिन गर्न र दोषीलाई तत््काल कारबाही गर्न युनियन कास्कीले प्रशासनसँग माग गरेको छ । युनियनले बिचलित नभई आफ्नो कर्म गर्न मिडिया हाउसका पत्रकारलाई अपिल गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...