पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीकी साधरण सदस्य उमा आले मगरलाई मातृ शोक परेको छ ।आलेकी ममतामयी आमा शोभा आले मगरको ५० वर्षको उमेरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गएराती निधन भएको प्रति नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले दुःख व्यक्त गरेको छ ।
मञ्चका महासचिव विजय नेपालले मञ्चको तर्फबाट बिहीबार शोक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् ।नेपालद्वारा जारी विज्ञप्तीमा ‘मञ्चकी साधरण सदस्य उमा आले मगरलाई परेको मातृ शोकप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना , शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन भनि हार्दिक समवेदना व्यक्त गर्दछौं ।’ भनिएको छ ।