उद्योग वाणिज्य संघको कार्यसमितिलाई पोखरा ४ को स्वागत तथा बधाई

पोखरा, फागुन १८ गते ।पोखरा महानगरपालिका वडा नम्बर ४ ले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिहरुलाई बधाई तथा स्वागत गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजनागरि नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथिपोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, वडाध्यक्ष शंकरप्रसाद बास्तोला, वडा सदस्यहरुले अविर तथा मालालगाएर स्वागत गरेको हो । कार्यक्रममा मेयर जिसीले विकाशकालागि व्यापारिक घरनासँगै त्यसका सञ्चालकहरुसँग सहकार्य गर्नु अपरिहार्य रहेको बताए ।पोखरा नगर क्षेत्रमाउत्पादनभएका बस्तुहरुलाईामाकसरी प्रवद्र्धन गर्ने भन्ने कुरामामहानगर र वाणिज्य संघ बसेर छलफल गर्नुपर्ने उनको धारणा थियो । व्यावसायलाई कसरी प्रविधी मैत्रीबनाउने भन्नेतिर सोच्ने बेलाआएको धारणा राखे ।


पोखरा ४ का वडाध्यक्ष शंकरप्रसादबास्तोलाले व्यावसायमापार्किङको समस्या रहेको हुनाले उद्योग वाणिज्य संघले सहजीकरण गर्नुपर्ने बताए। महानगरवासी र व्यावसायीको हकहितकालागिपोखरा ४ ले विशेष भूमिकानिर्वाह गर्न तयार रहेको उनको भनाइ छ । महानगरले फोहरलाई मोहरमाबदल्ने नितिलिएको हुँदा व्यावसायबाट निस्केको फोहरलाई सहि तरिकाले सदुपयोग गर्नुपर्ने उनको धारणा थियो । फुटपाथ व्यापारीको व्यवस्थापनकालागिपनिनगरपालिकाकाप्रमुखको नेतृत्वमा वडा नम्बर ४ अग्रसर हुने उनको प्रतिवद्धता थियो । व्यावसायिक कर, घरभाडा कर लगायत करको विषयमावडासँग सहकार्यगरेर अगाडि बढाउन आग्रह गरे । व्यावसायको सुरक्षाकालागि सिसिटिभि जडान गरेर जिल्लाप्रहरी कार्यालयको पहलमाकामभईरहेको उनले बताए ।

सम्मानपछि बोल्दै पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष नारायण कोइरालाले व्यावसायीको हकहितकालागिपोखरा महानगरसँग हरेक कार्यक्रममा सहकार्य गर्दै जाने बताए ।पोखरा महानगरले पनिउद्योगीव्यावसायीका समस्या समाधानमालचिलो भएर कामगरिदिनउनले आग्रह गरे । उद्योगीव्यावसायीहरुको धेरै समस्या रहेको हुनाले महानगरले गरेर हुने ठाँउमा जति सक्दो छिटो कामगरिदिने उनको विश्वास छ ।
वडा सदस्यपुष्करबहादुर श्रेष्ठले स्वागत गरेको कार्यक्रममा वडा सचिव रामबहादुर खत्रीले स्वागत गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...