कन्या क्याम्पसमा सहकार्यात्मक शिक्षण बिधि सम्बन्धि गोष्टी

पोखरा,फागुन २४ गते । पोखराको नदीपुरमा रहेको कन्या क्याम्पसले दुइ दिने सहकार्यात्मक शिक्षण बिधि सम्बन्धि गोष्टी आइतबारदेखि सुरु भएको छ । उक्ततालिममा स्मार्टहबका निर्देशक अजय रेग्मीले सहजीकरण गर्नुभयो ्रउहाँले इलर्निंगक महत्व,असल शिक्षकमा हुनुपर्ने गुणहरु,शिक्षकको भूमिका ,विधार्थीको कार्य विवरण र विशेषता बिषयमा सहजीकरण गर्नुभयो्र उहाँले शिक्षणका पद्धति,कक्षाको आन्तरिक वातावरण तथा बिधार्थीको क्षमता विश्लेषण बारे जानकारी गराउनु भएको थियो ।

 

शिक्षणको क्रममा आवश्यक पर्ने जिकसअ बिधि, थिंक शेरपियर पद्धती,माईड बिधि लगायतका बिषयमा प्रयोगात्मक शैलीमा उहाँले कार्यशाला संचालन गर्नु भयो । त्यसैगरी कन्या क्याम्पस संचालक समितिका अध्यक्ष योगेन्द्र प्रधानले यस्ता कार्यशालाले प्राध्यापकहरुको शिक्षण् ाक्षमता अभिवृद्धि गर्दै विधार्थीहरुको मनोभावना बुझ्न सहयोगी भूमिका खेल्नेमा जोड दिनुभयो ।

क्याम्पसका प्रमुख सुरेस कुमार मानन्धरले क्याम्पसका प्राध्यापकहरुको शिक्षण शैली समय अनुसार परिस्कृत बनाउन उक्त कार्यशालाको आयोजना गरिएको बताउनुभयो शिक्षण शैलीका ेविकाससंगै सूचना र प्रबिधिको ज्ञान अपरिहार्य रहेको उहाँका ेभनाइ छ । उक्त तालिममा क्याम्पसका २० जना प्राध्यापकहरुको सहभागिता रहेको थियो ्र

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...