बीस लाख रुपैयाँ रकम बराबरको चेक बाउन्स मुद्धामा दोषी ठहर भएपछि काठमाडौं–३० घर भई हाल ललितपुर–१५ नखिपोटका पूर्ण लामा पक्राउ परेका छन् ।
उनी विरुद्ध उच्च अदालत पाटनले मंसिर ७ गते दोषी ठहर गरेको थियो । अदालतले १५ दिन कैद र २० लाख विगो जरिवाना हुने ठहर गर्दै आदेश दिएको थियो ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जवलाखेलबाट पक्राउ गरेको थियो । पूर्णले दुर्गामान मोक्तानद्वारा संचालन गरेको लेजर इन्फोटक नेपाल प्रालि नामक कम्पनीलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी २० लाखको चेक काटेका थिए ।