पोखरा, चैत ९ गते ।पोखरा महानगरपालिका–८, सृजनाचोकमा अवस्थित सृजना आवासीय माध्यमिक विद्यालयले चेतनामूलक कार्यक्रम संचालन गरी २८ औँ विश्व पानी दिवस मनाएको छ । विद्यालयको कक्षा ७ मा अध्ययनरत छात्र÷छात्राहरूले दैनिक जीवनमा पानीको महत्त्व झल्काउने प्लेकाड, पोस्टर तथा तस्विरहरू पदर्शन गरेका थिए ।
विद्यार्थीहरूले जीवन दायिनी बस्तु पानीको महत्त्व, यसका स्रोतहरूको संरक्षण तथा जलवायू परिवर्तनले यसमा पारेको नकारात्मक प्रभावका बारेमा प्रकाश पारेका थिए । यसका साथै पानीको सही सदुपयोग र पानिका स्रोतहरूको संरक्षण गर्नुपर्ने कुराको सचेतना फैलाएको कुरा कार्यक्रमका सञ्योजक अभिषेक कुँवरले बताएका छन् ।