सुचनाको हकको लागि पोखरा २२ वडा संजालमा वराल

पोखरा, असोज २९ गते । सुचनाको हकको लागि राष्ट्रिय सञ्जाल नेपाल पोखरा महानगर सञ्जालको आयोजनामा बुधबार पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दीमा भएको भेलाले सुन्दर वराल धडकनको संयोजकत्वमा वडा सञ्जाल गठन गरेको छ ।


वडा सञ्जालको सहसंयोजकमा शिशिर गुरुङ, सचिवमा ई. विद्या वराल र सदस्यहरुमा अर्जुन विक, पवन रामदाम, उत्तम वराल, विष्णु भण्डारी, भवानी पौडेल, सचिन वराल, समिक्षा पौडेल, सजनी पौडेल, गुरुप्रसाद वराल, सागर वराल, यमन पौडेल, शिव वराल, विवेक वराल, प्रतिमा वराल, कुशल वराल सर्वसम्मत चयन भएका छन् ।

सञ्जालको सल्लाहकारमा कृष्ण वराल, लक्ष्मी वराल र प्रकाश गुरुङलाई चयन गरिएको छ । सञ्जालमा आवश्यकता अनुसार क्षेत्र तथा वर्गको सहभागीताको आधारमा सबैलाई समेट्ने गरी सञ्जाल विस्तार गर्न सकिने गरी गठन गरिएको छ ।

कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष मित्रलाल वरालले गर्नु भएको थियो भने शुक्रराज माविका प्रअ नरनाथ वराल, वडा कार्यालयका नायव सुब्बा अर्जुनप्रसाद पौडेल, वडा सदस्यहरु मात्रिका वराल र ओमकुमारी गुरुङ, सञ्जालका गण्डकी प्रदेश संयोजक दिपक आचार्य, महानगर सदस्य कृष्ण रानाभाट र जिवन आचार्य, नवनिर्वाचित वडा संयोजक सुन्दर वराल धड्कन लगाएतले वोल्नु भएको थियो ।

महानगर सञ्जाल सहसंयोजक कुलमाया पौडेल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सदस्य सचिव रेशम खड्काले गर्नु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...