नेलम्बो नेपालद्वरा फोनिज कास्कीलाई स्वस्थ्य सामाग्री हस्तान्तरण

पोखरा, असोज २९ गते ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीलाई नेलम्बो नेपालले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ। विश्वमहामारी रुपमा फैलिएको कोरोना भाइसको जोखिम अवस्थालाई मध्यनजर गर्दै, नेलम्बो नेपालले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो।
फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङलाई नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले सामग्री हस्तान्तरण गर्नुभएको थियो । नलम्बोले धेरै संघ संस्थालाई सहयोग गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै, अध्यक्ष देवकोटाले संस्थाले फ्रन्टलाइनमा बसेर काम गर्ने क्षेत्रलाई प्राथामिकता दिइएको बताउनुभयो ।
सरकारी तथा गैर सरकारी संस्था सवैलाई नेलम्बो नेपालले समान रुपमा सहयोग गर्दै आएको छ ।कोरोना भाइरस रोक थाम तथा नियन्त्रणका लागि फोनिजलाई २० हजार मुल्य बराबरको स्वास्थ्य सामग्री सहयोग फोनिज कास्कीलाई हस्तान्तरण गरेको नेलम्बो नेपालका जनसम्पर्क सुपर भाइजर भिमप्रसाद भण्डारीले बताउनुभएको थियो।स्वास्थ्य सुरक्षा सामग्रीले कोरोना भाइरसको जोखिमपूर्ण अवस्थामा अग्रपंक्तिमा बसेर काम गर्ने क्रममा कोरोना भाइरसबाट जोगिन सक्ने विश्वास राख्दै, सहयोगको लागि आभारी अध्यक्ष गुरुङले व्यक्त गर्नुभयो।
कार्यक्रममा नेलम्बो नेपालका कार्यक्रम संयोजक डाक्टर किसन कोइराला, आदिवासी जनजानि फोनिज गण्डकी प्रदेश अध्यक्ष एमवि आस्थामगर, महासचिव रुद्रमहादुर श्रीसमगर, पोखरा थ्रिएटरका संरक्षक शंकर कोइराला लगायतको सहभागि रहेको थियो । आदिवासी जनजाती पत्रकार महासंघ फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गूरुङको अध्यक्षतामा भएको कार्यक्रममको सञ्चालन नेलम्बो नेपालका जनसम्पर्क सुपर भाइजर भिमप्रसाद भण्डारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य फोनिज कास्कीका कार्यसमिति सदस्य सम्राट गुरुङले गर्नुभएको थियो ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...