पोखरामा चोरी गर्ने दुई जना पक्राउ

पोखरा, कात्तिक ३ गते । कास्की प्रहरीले चोरी गरी फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला तनहुँ रिसिङ गाउँपालिका वडा नं.२ घर भई हाल पोखरा महानगरपालिका ८ न्युरोड बस्ने ३० वर्षिय मधु थापा र कास्की माछापुच्छ्रे गाउँपालिका ४ लाचोक बस्ने ३८ वर्षिय सूर्य बहादुर घर्ती रहेका छन ।

जिल्ला प्रहरी कार्यालय कास्की र मातहका प्रहरी टोलीले कास्कीको माछापुच्छ्रे गाउँपालिका ४ लाचोकस्थित तुलसी अधिकारीको सारदा एण्ड सरोज किराना पसलबाट रिचार्जकार्ड, नगद एक लाख तिस हजार, औंठी लगायतका सामान चोरी गरेको प्रहरीले जनाएको छ । पसलमा चोरी भएको भन्ने खबर प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । कार्तिक २ गते चोरी गर्ने मध्यका मधु थापा पोखराको न्यूरोडमा रहेको डेराकोठाबाट चोरी भएका समान सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैव् जननिजहरु उपर चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान भईरहेको छ प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...